नविन पन्त शुक्रबार, जेठ २५, २०८१

फिल्म ‘जेरी अनटप’ मा नायक अनमोल केसी र नायीका आना शर्मा सहित आँचल शर्मा पनि शुक्रबार मुख्य भूमिकामा अनबन्धित भएकी छिन। सुयोग गुरूङले निर्देशन गर्ने त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको यो फिल्ममा अनमोल र आँचलले पहिलो पटक सहकार्य गर्न लागेका हुन्। उनी निर्देशित र अनमोल केसी अभिनित ‘फर्की फर्की’ यतिबेला तेस्रो सातामा प्रदर्शनरत छ। हेमराज बिसीको कथा रहेको फिल्मको निर्माताका रूपमा सरोज न्यौपाने र दीपक भण्डारी छन् भने रोहित अधिकारी यसमा क्रियटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्। फिल्म असार २० गतेदेखि फ्लोरमा जाने निर्माता सरोज न्यौपानेले बताएका छन। काठमाडौं, लुक्ला, मुस्ताङ लगायतका स्थानहरुमा झण्डै २ महिना फिल्मको छायांकन गरिनेछ।

९ वर्षअघि प्रदर्शनमा आएको अनमोल र आना अभिनीत फिल्म ‘जेरी’ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। सोही फिल्मको दोस्रो शृंखलाका रूपमा ‘जेरी अनटप’ निर्माण हुन लागेको छ।