“सरिना, जीवनमा कति साथीहरू भेटिए, छुट्टिए तर मन मिल्ने साथी चैं दैवले जुुराउँदो रहेछ हगि ?” उकालो चढ्दै गर्दा सरिनालाई आफ्नो अँगालोमा कस्दै प्रणय बहकियो ।
“प्रणय, तिमी कति छिल्लिएको ? वरिपरिका मानिसले देखेभने के भन्छन्, अलि होस गरन ।” उसको उछृङ्खलताले असजिलो मानेर प्रणयलाई धकेल्दै सरिना अलि पर सरी ।
“सरी ! म त यसबेला तिमीलाई देखेर कन्ट्रोल भइनछु, प्लिज नरिसाऊ है ।” प्रणयले गल्ती स्वीका¥यो ।
‘अब केही समयसम्म आपूmलाई कन्ट्रोल गर्न पर्छ प्रणय, अनि मात्र हाम्रो प्रेम पवित्र र सुन्दर हुन्छ ।’ अलि असजिलो मानेर सरिनाले भनी ।
दुवै जना स्वाँ स्वाँ गर्दै उकालो चढिरहेका थिए । सरिना र प्रणय एउटै गाँउमा जन्मिएर हुर्किएका थिए । पढाइसँगसँगै उनीहरू बीचको मित्रता बढ्दै गयो । अहिले उनीहरूको प्रेमिल यात्राले पाँच वर्ष छिचोलेको छ ।
प्रेमकै सुन्दर रङमा रङ्गिएर उनीहरू दुवैले स्नातकोत्तर सक्याए । त्यसपछि जागिरको खोजीमा लागे । संयोगबस प्रणय बैंकको शाखा अधिकृतको जाँचमा पास भएर बैकमा जागिरे भए, सरिना कलेजमा प्राध्यापन पेशामा संलग्न भइन् । काम फरक, पारिवारिक माहौल फरक, आ–आफ्ना जिम्मेवारीको स्थिति फरक भएपनि बाल्यकालदेखिकै मैत्री भावभन्दा माथि उठेर यिनीहरूको मन पाँच वर्षदेखि एकै भयो । यस अवधिमा दुवैका अभिभावकहरूले उनीहरूको भावना बुझेर सहमति पनि जनाइसकेका छन् । अब तिथिमिति हेरेर लगनगाँठो बाँध्ने साइत मात्र जुराउन बाँकी छ ।
शनिबार दुवैको विदाको दिन । प्रायः हरेक शनिबार दिउँसो यी प्रेमिल जोडीहरू, कुनै न कुनै ठाउँ घुम्न जान्छन् । आजको शनिबार उनीहरू सुन्दरीजल जादै छन् ।
सुन्दरीजलको उकालो चढ्दाचढ्दै प्रणयले केही अस्वभाविक क्रियाकलाप गरेको देख्दा सरिनालाई अलि अप्ठ्यारो लागेको छ । बाटामा केही जोडीहरूको उत्ताउलो दृश्य देखेर पनि होला प्रणय बहकिएको । यस्तै लाग्छ सरिनालाई ।
उकालो हिंड्दा सरिनाको श्वासको गति अलि बढेर उसलाई हिंड्न मुस्किल परेको छ । तर प्रणयको प्रायः यस्तै उकालो हिंड्ने बानी भएकोले ऊ सरिनालाई हौस्याउँदै अगि बढिरहेको छ । प्रणय उसको थकाइ मेट्न हरियालीयु््क्त मनमोहक वातावरणको बारेमा रोचक जानकारी पनि गराउँदैछ । सरिना पनि उसको वर्णनले यात्रामा रोमाञ्चित अनुभव गर्छे ।
यसबेला ऊ सपनाको क्षितिजमा पुग्ने बाटो कोर्दैछे । सारा कुरा बिर्सिएर हृदयभरि उल्लासका इन्द्रेणी रङ्ग भरेर वसन्त फुलाइरहेकी छे । त्यसैले आज यो नयाँ ठाउँको यात्रामा थाकेर पनि प्रणयसंगै सरिनालाई पनि रमाइलो लागिरहेको छ । अहिले उनीहरू उकालोको तीन घुम्ती पार गरेर एउटा फलैंचामा बसेका छन् ।
दिनको तीन बजेको छ । चैत्रको महिना हावाका झोक्का साउती मार्न आउँछ उनीहरूको एकाग्रता भङ्ग गर्दै । काठमाडौंको तिर्खा मेटाउन पानी वितरण गर्ने ठूलाठूला फलामका पाइप तेर्सिएका छन् उकालो बाटाको छेउमा । पैदल यात्रुलाई उकालो चढ्न सास्ती हुन्छ । यो प्रकृतिको मनोरम दृश्यले आल्हादित बनाएर थकान बिर्सिएका छन् । उकालो जंगललाई चिरेर बनेको बाटो अनि प्रकृतिका सुन्दर र्सिजना बुझिनसक्नु छ । हरियालीले गमक्क गम्केको पहाडी श्रृङ्खलाको एउटा सर्ग पानीको सङ्लो छाँगोको दृश्यले सरिना एकाएक मोहित भई । त्यो सुन्दर सर्गलाई नजिकैबाट हेर्ने अभीष्टले प्रणयको हात तान्दै लगेर ऊ छेउकै डिलमा बसी । पहाडी टाकुराको एउटा अस्तित्वबाट आलोकित गतिमा बगिरहेको छाँगाको स्निग्धता संँगै हावामा मिसिएर सिमसिम छरिएका पानीका कणहरूको स्पर्शले उनीहरूलाई आनन्दित तुल्याएको छ । यस्तो अनुभवले सरिना कल्पनाको आकाशमा प्रणयसँंगै हराउँछे ।
यसैबेला “सरिना तिम्रो मोबाइल देऊ त’’ भन्दै पछाडि ढाडमा ढाप मार्दै प्रणयले उनको रोमान्टिक एकाग्रता भङ्ग गर्छ । छाँगामा लहरिदै गरेकी सरिनाले आफ्नो हातको मोबाइल प्रणयलाई दिंदै छाँगासँंगै मिसिएर अनेक कल्पना गर्छे ।
छाँगाको स्निग्ध पानीजस्तै सरिनाको मन भए पनि प्रणयको मनमा एकाएक कलुषित भावनाहरू उब्जन्छ । जुन ऊ सरिनाको मोबाइलको म्यासेजबक्समा खोजिरहेको छ । मोबाइलमा विवेकको नामबाट पठाइएका कैयांै म्यासेज छन् राती दिउँसो जुनसुकै बेला पठाइएका । त्यस्तै सरिनाले पनि विवेकलाई जवाफ पठाएकी छे त्यसरी नै जुनसुकै बेला । त्यहाँ अनेक विषय छन्, काम, घर परिवार अनि जीवन भोगाइका अनेक हासपरिहासहरू । कति शब्दहरू बुझेर पनि अर्थ लाउन कठिन छ । कति अनुमानका भरमा बोध गर्नुपर्ने खालका छन् । तर यो प्रणयले ठयाम्मै बुझेन । त्यही मोबाइलको इनबक्स र आउटबक्समा भएका शब्दहरू पढेर ऊभित्र शंका उपशंकाका ज्वारभाटाहरू तैरिन्छन् ।
विवेक सरिनाको क्याम्पसमा एउटै विषय पढाउने साथी । उनीहरू क्याम्पसमा एकै समयमा प्राध्यापन गर्न थालेका थिए । विवेकको सहयोग, सद्भाव र सहानुभूतिले सरिना सधँै प्रशन्न थिई । प्रणयका अगाडि पनि प्रायः विवेकको बयान गरेर ऊ कहिले नअघाउने भइसकेकी थिई । एउटा सच्चा मित्रको दायरामा रहेर विवेकसँगको व्यवहार थियो सरिनाको । सत्य हो विवेकसँंग जतिनै नजिकिए पनि जति नै हँसीमजाक गरेपनि सरिनाले प्रणयलाई नै प्रेम गरेकी थिई । विवेक मैत्रिक भावको साथीबाहेक प्रेमिल भावले कहिले आकर्षित भइन सरिना । तर प्रणयको मनमा मोबाइलको म्यासेजका शब्दले गर्दा विवेक र सरिनाप्रति शङ्काले डरलाग्दो ?प लियो । शङ्काको आगोले प्रणयको मन पोलेर सह्य भएन । ऊ यही कारणले घर फर्कन आतुर भयो । दाँया–बाँया केही देखेन र “ल घर जांै अब” भन्दै ऊ एकाएक ?खो बोलीमा सरिनालाई मोबाइल दिंदै जु?क्क उठ्यो ।
के भयो ?, उसको व्यवहारलाई सामान्य ठानेर सरिनाले खासै मतलब गरिन । “ हैन तिमी जाने कि नजाने ? नजाने भए म चैं फर्किएँ अब । मोबाइलमा म्यासेज गर्न रमाइलो लाग्दो होला नि त । ” झर्किएर बोलेको थाहा पाएर पनि उसको शङ्कालु रहस्यको भाव सरिनाले बुझ्दै बुझ्नि ।
“हो नि त प्रणय, यस्तो रमाइलो वातावरणका तानावाना कल्पनामा बुनेर मान्छेलाई म्यासेज गर्दाको आनन्द नै अर्कै हुन्छ नि ।” सरिनाले झन थपी ।
सरिनाको भावलाई अनर्थ लगाएर “म हिंडे तिमी जे सुकै गर ।” भन्दै प्रणय जङ्गिदै लु?लु? ओह्रालो झ¥यो ।
जिस्ंिकदै छ प्रणय भनेर बसीबसी उतिर नहेरी आफ्नै सुरमा बोल्ने सरिनाको मनमा त्यसबेला चिसो पस्यो जब प्रणय साँच्चिकै ओरालो झ¥यो । उसलाई लाग्यो कहीँ प्रणय अघि घचेटेकोले रिसाएको पो छ कि, या उसलाई सञ्चो भएन । जु?क्क उठेर लुगा सम्हाल्दै “एकाएक के भयो प्रणय तिमीलाई । सञ्चो भएन कि” आश्र्चयित हँुदै प्रणयलाई भेट्न हतारिदै ओह्रालो झरी सरिना पनि ।
सरिनाको प्रश्नको वास्ता नै नगरी प्रणय छिटो छिटो ओह्रालो झरेर केही बेर अघि राखेको मोटरसाइकल पुछ्न थाल्यो । प्रणयको पछिपछि ओह्रालो झरेकी सरिनाले प्रणयलाई फेरि सोधी “प्रणय के भयो ?”
त्यसबेला सम्ममा मोटरसाइकल स्टार्ट गरेर कुदाउन तयारी भइसकेको प्रणयले “केही होइन, मैले एउटा ज?री काम सम्झें, छिटै जानुपर्ने भयो हिंड ।” सरिनातिर नहेरी ऊ फेरि झर्कियो । अचम्म लाग्यो उसलाई, एकाएक यो मान्छेलाई के भयो ?
तर पनि प्रणयको कुरामा विश्वस्त हँुदै केही नभनी स्टार्ट भएको मोटरसाइकलमा सरिना बसी । वाक्यहीन प्रणयले तीव्र गतिमा मोटरसाइकल कुदाएर केही बेरमानै सरिनाको घर अगाडि रोक्यो । रोकिएको मोटरसाइकलबाट सरिना ओर्लिनासाथ “ ल हतार छ म गएँ” भन्दै प्रणय उसको जवाफ नै नपर्खी अगाडि बढ्यो । छक्क परेर हेरिरही उसको यो अचम्मको व्यवहारलाई । कुरा के हो उसले केही बुझ्न सकिन ।
त्यो दिनदेखि कति दिन त व्यस्तताको अभिनय गरेर प्रणय सरिनासँंग फोनमा राम्ररी बोल्दा पनि बोलेन । सरिनाले नै फोन गर्दा हुने सम्वादका केही अंशमा पनि विवेकको सन्दर्भ आउँदा शङ्काको रापले भित्रभित्रै ऊ पिल्सिन थाल्यो । तर पनि सरिना प्रणय व्यस्त भएर यसो गरेको भन्ने कुरामा आश्वस्त भई नै रही ।
यसरी नै हप्ता बित्यो । सधैं झै यो शनिबार पनि कतै घुम्न जानु पर्ला भनेर सोच्दै बसेकी सरिनाले निराश हुनप¥यो । व्यस्तताको अभिनय गरेर प्रणय सरिनासंँग घुम्न नगई घरमै बसेर त्यो दिन बितायो । सरिनाले भने प्रणयको कुरा बुझिन । अनि कलेजका साथीहरूको वनभोज कार्यक्रममा सहभागी हुने तुरन्तै निर्णय गरेर गई । वनभोजमा रमाइलो गर्दै नाचगानको कार्यक्रम भयो । नाचेका कति फोटोहरू फेसबुकमा ट्याग गरे साथीहरूले । यसले प्रणयको मनमा झन कलहको घिउमा आगो थपियो । विवेकसँंग नाच्दै गरेको सरिनाको फोटो देखेर प्रणयको मनमा अग्निज्वाला दन्कियो ।
सरिनासंँग मनको तीतो पोखेर अग्निराप निभाउने मनसायले यसपालिको शनिबार घुम्ने योजना बनायो । सरिना शनिबारको प्रतीक्षामा रमाइलो कल्पना बुन्न व्यस्त भई ।
आज शनिबार अलि ढिलो गरी प्रणय मोटरसाइकल लिएर सरिनाको घर अगाडि आयो । अघिदेखि तयार भएर व्यग्रताका साथ प्रणयको प्रतीक्षामा बसिरहेकी सरिना हतारिंदै खुसी भएर मोटरसाइकलमा चढी । सरिनाको व्याकुलतामा कुनै प्रतिकृया नजनाइ प्रणयले मोटरसाइकल अगाडि बढायो ।
गुडिरहेको मोटरसाइकलमा आज सरिनाको एकोहोरो वार्ता चलिरह्यो । प्रणय निःशब्द मोटरसाइकल हाँकिरह्यो, केही बोलेन । निकै बेरसम्म प्रणय नबोलेपछि “आज किन नबोलेको तिमीलाई के भयो प्रणय ” मायालु भाकामा सरिनाले सोधी ।
“आज कहाँ जाने, तिम्रो च्वाइसमा हिंडेको भन ?” सरिनाले सोधेको जवाफै नदिइ कटुताको लवजमा प्रणयले प्रतिप्रश्न ग¥यो ।
“ए ! त्यसो भए आज शङखपार्क जाऊँ न त । त्यो ठाँउ रमाइलो रहेछ, गेटसम्मनै मोटरसाइकल पुग्छ ।” उत्साहको पखेटा फिजाउँदै सरिना रमाई ।
तिक्तताको छटपटीमा पिरोलिएको प्रणयलाई रमाइलो गर्ने, उमङ्ग भर्ने कुरै भएन । जहाँ गएपनि विष ओकल्नु थियो उसलाई । त्यसैले “हुन्छ” एउटै शब्द प्रयोग गरेर उसले त्यतैतिर मोटरसाइकल मोड्यो । एकैछिनमा शङकपार्क परिसरको गेट अगाडि पुगेर सरिनालाई ‘ओर्ल’ भन्दै पार्किङमा लगेर मोटरसाइकल राख्यो । सरिना सधै झैं आफ्नै पारामा अघि बढी प्रणय लोसे पाराले सरिनाको पछिपछि लाग्यो ।
शङ्खपार्क भित्र पसेपछि दुबै गएर एउटा खाली फलंैचामा लुसुक्क बसे । “अस्ति हामी यहाँ विवेकले भनेर पिकनिक आएका थियौं । त्यसैबेला मैले सोचेकी थिएँ, एकपटक तिमीसँंग यहाँ आउन पाए कति रमाइलो हुने थियो ।” सरिनाको सम्वादले पहिलो वाक्यले नै प्रणयको रिस चुलियो । सरिनासँंग मोबाइल मागेर फेरि म्यासेज पढ्ने दाउमा रिस चपाएर बसिरहयो । एकछिन पछि प्रणयले सरिनासंँग मोबाइल मागेर म्यासेज इनबक्समा भरिएका र सेन्डबक्सबाट पठाएका म्यासेज पढ्यो । ती प्राय विवेकले पठाएका र विवेकलाई जुनसुकै समयमा आदानप्रदान भएका म्यासेज पढिसकेपछि प्रणयले केही नसोची अचानक उत्तेजित भएर भन्यो “प्रेमी र प्रेमिकाहरूका नाममा तँ पातकी होस् । मसंँग प्रेमको अभिनय गरेर डेटिङमा हिंड्ने विवेकसँंग लसपस गर्ने । प्रेमको नाटक गरेर मेरो भावनामा खेल्ने तँसंँग अब अगाडि बढ््ने कुरा सोच्न पनि सक्दिनँ । त्यसैले तँसँग आजदेखि मेरो सम्बन्ध छैन ।” रिसको आवेगमा अनियन्त्रित भयो ऊ ।
प्रणयको कुराले एकछिन त सरिना स्तब्ध भई । आफूले माया गरेको मानिसको मुखबाट अचानक सोच्दै नसोचेको आरोप सुन्दा ऊ मौन भएर प्रणयलाई ट्वाल्ल परेर हेरिरही । एकाएक उसले पनि आपूmलाई नियन्त्रण गर्न सकिन । अति नै भएपछि सरिना पनि आवेगमा आई र जु?क्क उठी अनि चोर औला ठड्याउँदै ऊ पनि आक्रोशित भई । “तँ जस्तो सानो चित्तको मानिसलाई चिन्न मैले अलि ढिला गरेछु । तर समयमा नै तैले आफ्नो हैसियत देखाइस् र म बरबाद हुनबाट बँचें । एउटा साथीसँगको पवित्र सम्बन्धलाई गलत सम्झिने तेरो मनमा अैले नै यस्तो खोट उत्पन्न हुन्छ भने भोलि बिहेपछि झन् के होला ? मैले पनि त शङ्का गर्न सक्थें । तैंले पनि आफ्ना अफिसका केटी साथी मोटरसाइकलमा बोकी बोकी हिंडेको देख्दा । तर मैले तँलाई कहिले शङ्का गरिन किनभने तसंँग मैले प्रेम गरेकी थिएँ र जीवनसाथी बनाउने चाहना पनि तैसंँग राखेर निर्धक्क तँलाई विश्वास गरें । आफ्नी पत्नी हुन लागेकी प्रेमिकालाई मोबाइलकै म्यासेज पढेका भरमा कुरै नबुझी शङ्कामा पिल्सिएर यस्तो आरोप लगाइस्, तैले र ममाथि विश्वासघात गरिस् । यति भइसकेपछि अब त के मनै तँलाई छाड्छु यसै क्षणदेखि । अब तँ मलाई सम्पर्क गर्ने कोसिस पनि कहिल्यै नगर, ‘ल त बाई’ ।’ कालीको ?प धारण गरेर चिच्याउँदै प्रणयको हातमा भएको मोबाइल झट्ट खोसेर त्यहाँबाट फटाफट हिंडी सरिना । सरिनाको काली ?पको कहिले फेला नपरेको प्रणय अवाक् भएर हेरिरह्यो सरिना हिंडेको बाटो ।
पार्कमा रमाइलो गर्न आएका केही जोडीहरू छलिदै उभिएर चुपचाप उनीहरूलाई हेरिरहे । अलि पर पिकनिकमा रमाइलो गरिरहेका समूहबाट एक हुल अल्लारेहरू भेला भई एकआपसमा खस्याक खुसुक्कको आवाज प्रणयको कानमा ठोक्कियो । “ओहो ! हेर यस्तो म्याचुयड जोडीको पनि ब्रेकअप भएछ यार ।” सालिक भएर मौन उभिरह्यो प्रणय । ऊ केही बोल्न सकेन । उसले देख्यो आगो भएकी सरिना तर धेरै तल पुगिसकेकी हुन्छे ।