नविन पन्त शुक्रबार, चैत्र ३०, २०८०

भक्तपुर। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाएको। मलेसियाका कप्तान भिरनदिप सिंहले ५७ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ७२ रन बनाएर अविजित रहदा शार्भिन मुनियान्डीले ५१ रन बनाए। नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा अभिनाश बोहोराले १ विकेट लिए। आजदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलिको सहभागिता छ।