नविन पन्त शुक्रबार, चैत्र ३०, २०८०

भक्तपुर जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ। ढडेलोमा परि घाइते भएका १० वर्षीय सुलस बुढाको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिएका छन । सोहि समयमा घाइते भएका बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। उनिहरु गाउँ नजिक रहेको वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएको बेला ढडेलोमा परि बालबालिका गम्भीर घाइते भएका थिए। उनीहरूलाई उद्धार गरेर साँझम जिल्ला अस्पताल पुर्‍याइएको थियो। हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा. अखण्ड उपाध्यायले बताए। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए।