नविन पन्त शनिबार, चैत्र २४, २०८०

भक्तपुर नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परि रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ भने केहि भागमा सफा रहने महाशाखाले शनिबार बिहान बुलेटिन जारी गरी जानकारी दिएको छ। महाशाखाले दिउँसो गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बांकी एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ। त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले जानकारी दिएको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना पनि रहेको महाशाखाल जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।