नविन पन्त सोमबार, चैत्र १९, २०८०

भक्तपुर। टी–२० सिरिको अन्तिम खेलमा नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ। नेपाल ए ले दिएको २१४ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाए पछि खेल नेपाल ए ले ३ रनले जितेको हो। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको थियो। नेपाल ए का लागि आरिफ सेखले सर्बाधिक ९३ रन बनाए। आरिफले ४८ बल खेल्दै ९३ रनमा अविजित रहे । त्यस्तै रसिद खानले २४ रन बनाए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए। त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिए भने म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी, लियाम म्याकार्थी, र गाभिन होयले एक एक विकेट लिए। नेपाल ए ले आजको खेल जिते पनि ३ खेलको सिरिज आयरल्याण्ड वोल्भ्सले टी–२० सिरिज २–१ ले जिति सकेको छ। अब नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच तिन खेलको एकदिवसीय सिरिज बुधबारबाट हुने छ।