नविन पन्त सोमबार, चैत्र १९, २०८०

भक्तपुरस् सोमबार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा नेताहरूबीच हात हालाहाल भयो । केन्द्रीय समितिको बैठकअघि आफूहरूमाथि आक्रमण भएको केन्द्रीय सदस्यहरू रमेश विश्वकर्मा, रामलाल डगौरा थारू लगायतले दाबी गरेका छन । टीकापुर नगरपालिकाका मेयर समेत रहेका थारूका अनुसार उनीहरूमाथि पार्टीका संरक्षक रेशमलाल चौधरीकै उपस्थितिमा कुटपिट भएको हो। पार्टीका अध्यक्ष ९रञ्जीता श्रेष्ठ चौधरी०ले बोलाएपछि मिटिङका लागि टीकापुरबाट यहाँ आएका पाँच जना संस्थापन सदस्य त्यहाँ उपस्थित भएका थिए । कुटपिटको कारण भने सुदूरपश्चिम सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे केन्द्रीय सदस्यहरूले राखेको मत रहेको बताइएको छ। केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरूमाथि संरक्षक चौधरीले नै कुटेको आरोप लगाएका छन।

आजै एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संरक्षक चौधरीले आफूहरू प्रधानमन्त्री भेट्न बालुवाटार जान्छौं भन्दा कुट्ने र हत्या गर्ने धम्की दिएको बताए। उनले भने गठबन्धनको सरकारमा जाने नजाने भन्ने विषयमा हामीले तीन सदस्य वार्ता टोली बनाएका छौँ। त्यसमा दामोदर पण्डित पनि हुनुहुन्छ। सरकार गठनको विषयमा छलफल गर्न प्रधानमन्त्री भेट्न बालुवाटार जाने भन्दा उहाँले म तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छु भन्नुभएको थियो। उहाँले त्यसो भन्दा हामीले विरोध गर्यौ। टीकापुरका मेयर थारू, टीकापुर (४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर ५ का वडाअध्यक्ष बलवीर चौधरी समेत उपस्थित रहेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य विश्वकर्माले संरक्षक चौधरीले यसअघि २५र२५ हजार रूपैयाँ लिएर केन्द्रीय सदस्य बाँडेको आरोप लगाए। निर्वाचन आयोगमा अद्यावधिक गराउन त जानुभएन त्यहाँ पार्टी चुक्यो कि चुकेन त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएपछि उहाँहरूले भौतिक आक्रमण गर्नुभयो विश्वकर्माले लालवीर र बलवीरले आफूलाई जोगाएको बताए। उनले आज भौतिक आक्रमण भएकोप्रति डर नभए पनि हिजो चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्ने चेतावनी दिएको सुनाए। साथै उनले नेता चौधरीले आफूले आवेशका बोलेको भन्दै माफी मागेको समेत बताएका छन्। उनले पार्टीका नेताहरूको केही घटनामा परेर मृत्यु हुने, कुनै दुर्घटनामा पर्ने वा कसैले हत्या गर्यो भने सबै दोष नेता चौधरीकै हुने बताए।

उनले थपे हामी चार जना मात्रै नभई संस्थापक केन्द्रीय अध्यक्षसहित २१ जनाको यदि कसैले कुटपिट गर्यौ, कुनै दुर्घटनामा मृत्यु भयो या कुनै समूहले हत्या गर्यो भने त्यसको सम्पूर्ण जिम्मेवारी हिजो बोलेको अनुसार रेशम चौधरीले लिनुपर्छ।