बुटैबुटा भरेर पठाएको खाम अचानक मेरो घरमा आयो। मैले सोचे अहिले को युग भनेको नया नया प्रबिधिको युग हो अझै नया तरिका बाट मेरो घरमा खबर आउनु पर्ने खाम भित्र चिट्ठी हालेर पठाएको छ । म दंग परे, घरका मान्छे चकित परे। चिट्ठीमा लेखिएको थियो नयाँ प्रबिधिले गर्दा हामी अल्छी भएका छौ, एउटा बाटोमा ठेस लागेको ढुङ्गा टिपेर फाल्न पनि डोजर बोलाएर फाल्न लगाउछौ, थोरै पानी पिउन पनि मोटर चलाउछौ, इमेल र ईन्टरनेट को जवानाले गर्दा हाम्रो शृजना अझै मौलाउनु पर्ने झन हराउदै गएको छ, हाम्रा हस्तलेखन खराब हुँदै गएको चाल पाउन छाडेका छौ, केही कुरा गार्हो सारो पर्यो भने हामी किताब पढ्दैनौ बरु कपि पेस्ट तिर लाग्छौ । चार कोश हिड्ने हाम्रो खुट्टा दुई पाइला हिड्दा दुख्ने भाको छन। यो सब यिनै बैज्ञानिक द्वारा निर्मित नचाहिदो स्वाङ बन्न पुगेको छ ।
मानिस पैसाको पछि कुद्न थालेका छ्न । पैसाले ज्यान तानेर लगेको पत्तो पाउन मुस्किल परेको छ । पहिले पहिले सबै काम मानिसहरु जुटेर गर्थे तर अहिले फुटेर गर्छन यो कोरोना को बेला फुटे त राम्रो हुन्थ्यो नि चाहिने बेला के गर्थे र । सहयोगी भावना भएका मानिस जति धर्तिबाट लोप भै सके अहिले माथी जानूस भनेर सिढी लगाउने माथी गै सके पछि सिढी झिकेर ओर्लनु भन्ने आफन्त हरु घुमिरहन्छ्न ।
समस्या तिमिमा मात्रै होइन म मा पनि नहोला भन्दिन तर के समस्या छ भन्दै मा तेसो गर्न मिल्छ । तिम्रो औंला काट्यो भने मेरो काटेर जोड्न मिल्दैन बरु तेसैलाइ केही उपाय लाउनु पर्छ । यस्तै यस्तै कुराले भरिएको त्यो पत्र मलाइ पढ्न जागर लागेन कुनै एफ एम रेडियो बाट कसैले बाचन गरे सुन्न हुन्थ्यो जस्तो लाग्यो । तपाइले सोच्नु भयो होला यसलाइ नेपाली न आएर यस्तो भनेको होला तर त्यो होइन तपाइको सोचाइमा म गइन किन भने तपाइको सोच तल्लो स्तरको रहेछ मेरो संग मेल खाएन । मेल पनि कसरी खाओस हाम्रो सोच्ने दिमाग नै फरक छ होइन त । तपाईं आकाश तिर हेर्नू भयो भने केबल बादल मात्र देख्नु हुन्छ तर म त्याहा करोडौं बादल र निलो आकाशमा नेपाली जनताले दस नंग्रा खियाएको देख्छु ।