नविन पन्त शुक्रबार, फाल्गुण १८, २०८०

भक्तपुर। चितवन रत्ननगरको छात्रावासमा १४ वर्षया सालिना पोखरेलको मृत्यु प्रकरणमा प्रहरीलेप्रधानाध्यापक सहित ३ जनालाई पक्राउ गरेको छ । गएको शनिबार बिहान रत्ननगर स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा उनको झुण्डिएको अवस्थामा सव फेला परेको थियो । उनको मृत्यु भएपछि प्रहरीले ज्यानसम्बन्धी कसुरमा ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्।