नविन पन्त आइतबार, फाल्गुण १३, २०८०

भक्तपुर— नेपालले वाफ वुमेन्स च्याम्पियनसिपको : सेमिफाइनलमा लेबनानको सामना गर्ने भएको छ । प्रतियोगिताको अर्को सेमिफाइनलमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डन प्यालेस्टाइनसँग भिड्ने छ । वाफ वुमेन्स च्याम्पियनसिप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी समूह ‘बी’ को अन्तिम लिग खेलमा नेपालले शनिबार प्यालेस्टानलाई ४–० ले हरायो को हुँदा नेपाल समूहको शीर्ष स्थानमा रहदै सेमिफाक्ष्नलमा पुगेको हो । नेपाल तीन खेलबाट नौ अंक सहित समुह बिजेता बन्दा प्यालेस्टाइन भने उप–विजेता रह्यो ।नेपालका लागि साउदी अरेबियाको जेद्दामा भउको खेल सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता राना एक एक गोल गरे । सावित्राले ४० औं मिनेटमा पहिलो गोल गरेपछि ५९ औं मिनेटमा रेखाले दोस्रो गोल थपिन् । सावित्राले ७८ औं मिनेटमा तेस्रो गोल गरिन् । चौथो गोल भने गीताले पेनाल्टीबाट दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा गरेकी हुन् । दुवै सेमिफाइनल मंगलबार हुनेछन् ।