नबिन पन्त शनिबार, फाल्गुण १२, २०८०

भक्तपुर – काठमाण्डौ थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल बाट हरायो शिशु काँडाघारीमा फेला परेको छ । बालिका चोरीको आरोपमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित उनका श्रीमान वर्ष २८ को नरेन्द्र मल्ल तथा उनकी दिदि शारदा शाहीलाई पक्राउ परेका छन् । शुक्रबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट शिशुको उद्धार गरेको काठमाडौँ प्रहरी जनाए छ।

विवाह गरेको लामो समय सम्म पनि उनिहरुबाट कुनै पनि  सन्तान नभएपछि मनीषाले शिशु चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उद्धारपछि शिशुको अस्पतालमा प्रारम्भिक उपचार गरी परिवारको जिम्मा लगाइएको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् । सहयोग गर्ने बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले बताएपछि प्रहरीले खोजी थालेको थियो ।