Fursad Times मंगलबार, भाद्र ०२, २०७७

आज वि.सं.२०७७ साल भाद्र ०२ गते मंगलबार। सन् २०२० अगष्ट १८ तारिख । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । चन्द्रमा कर्कट राशिमा । काठमाडौंमा सूर्योदय ०५ः३६ र सूर्यास्त बेलुकी ०६ः३७ मिनेटमा

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्तले धोका दिनेछन् भने खर्चले चिन्ता बढाउनेछ । वादविवादका कारण तपाइको मित्रता टुट्ने भएकाले मानसिक अशान्ति बढ्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) जोश र जागरले कार्य सफल हुनेछ भने आज तपाइको छाटो दुरिको यात्रा हुनेछ ।
स्त्रीपक्षबाट सहयोग आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपाइको आलोचना गर्ने हरु सक्रिय रहनेछन । कुटुम्ब सुख मिल्नेछ । पुरानो लगानीमा प्रगति देखिन्छ । मीठो खाने लालसा बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तपाइले उठाउनु भएको जिम्मेवारीमा जस मिल्नेछ । पढाइमा प्रगति हुने छ। खुशियाली मनमा बढ्नाले मन चनचल हुनेछ भने कला संगीतमा सफलता मिल्नेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अनावश्यक खर्च बढी हुनेछ । बेकारमा भार बेहोर्नुपर्नेछ । साथीभाइमा सरसापटमा धन जानेछ । मन्दिको सामना गर्नुपर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । कृषि अन्नको व्यवसायमा धनार्जन हुनेछ ।
पशु चौपायाबाट फाइदा हुनेछ । सवारीसुखमा मोह बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीतिक मोह पलाउनेछ । नेतागणसँग सम्बन्ध बढ्नेछ । कला र क्षमताको कदर मिल्नेछ । मन प्रशन्न रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आज भाग्यले राम्रो साथ दिनेछ । विदेशबाट सहयोग आउनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । अध्यायन अध्यापनबाट मन हट्ने छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्यमा समस्या आउनेछ । तपाइले गर्न लागेको काममा बाधा देखिन्छ ।
व्यापार व्यावसायमा कमाई न्यून हुनेछ ।अचानक क्षति हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मनग्गे आम्दानी हुने याेग छ। पति पत्नीबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । माया पिरती अघि बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पराइको सहायतामा धन जानेछ । मन खिन्न रहला। प्रतिस्पर्धामा जित हुनेछ । पदप्रतिष्ठाको विषयमा विवाद हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मनोरञ्जनमा रुचि बढ्नेछ । बौद्धिक क्षेत्रमा पहुँच हुनेछ । अध्ययनको चिन्ता थपिनेछ । स्वास्थ्यमा ध्यान दिनु हाेला।