नबिन पन्त बिहिबार, माघ ०४, २०८०

भक्तपुर – सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी २८ वर्षीया निता गोसाई मृत फेला परेकी छन्। उनि भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए।
गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए।
गोसाईको केही समयपछि विवाह गर्ने तयारी रहेकी गोसाईले आत्महत्या गरेको प्रहरीको अनुमान छ।