नविन पन्त बिहिबार, पौष २६, २०८०

भक्तपुर। क्रोएसिया पठाउँछु भन्दै ठगी गरेको आरोपमा प्रहरीले धनकुटाको धनकुटा नगरपालिका–२ घर भएर काठमाडौं बस्ने दीपेन्द्र राईलाई पक्राउ गरेको छ।
३२ वर्षीय दीपेन्द्र राईले क्रोएसिया पठाउँछु भनेर जयराम भण्डारीसँग ५ लाख लिएपछि सम्पर्कविहीन भएका थिए। उनले पीडितहरूलाई क्रोएसिया जान ११ लाख लाग्छ भनेर प्रलोभनमा पारेर रकम ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।