नविन पन्त मंगलबार, पौष २४, २०८०

भक्तपुर । आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । ब्युरोका एक उच्च अनुसन्धान अधिकारीले उनलाई बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेर भर्खरै ब्युरो ल्याइएको बताए । लिटिल बुद्धु समेत बताउने बम्जन लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए । पछिल्लो समय भने उनले सिन्धुलीमा आश्रम बनाएर बसेका थिए । आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले समेत उनको खोजी गरिरहेका थिए । पक्राउ पुर्जी जारी भए लगतै लामो समयदेखि फरार रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले पटक पटक उनको सिन्धुलीस्थित आश्रम र अन्य केही शंकास्पद स्थानमा छापा मारेको थियो ।