नविन पन्त शनिबार, पौष ०७, २०८०

भक्तपुर । पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी हुँदा नौ महिने बालिकाको मृत्यु भएको छ। स्थानीय टोलबहादुर पल्लीकी नौ महिने छोरी दिप्सना पल्लीको ज्यान गएको प्रहरीले जनाएको छ। शनिबार मध्याह्न १२ बजेतिर खरले छाएको घरमा एक्कासी आगलागी भएर क्याङ्रुङ्का श्यामबहादुर पल्लीको घर जलेर पूरै नष्ट भएको छ। मृतक बालिकासहित घरमा दुई छोराहरू रहेका थिए। आगलागीबाट घरमा भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै नष्ट भएको वडाध्यक्ष नवीन्द्र सोतीथापाले बताए। केटाकेटीलाई घरमा छोडेर दिउँसो अभिभावक काममा गएको बेला आगो लागेको बताइएको छ। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।