नविन पन्त शुक्रबार, मंसिर २२, २०८०

भक्तपुर, २२ मङ्सिर । एसीसी यू १९ एसिया कप आज देखि युएईको दुबईमा शुरु हुदै छ । एशिया कपको पहिलो खेलमा आज समुह ए अन्तर्गत नेपालले अर्को बलियो टोली पाकिस्तान यू १९ टिमको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि शुरु हुने छ । त्यस्तै आज नै समुह ए कै भारत र अफगानिस्तानबीच पनि खेल हुदै छ । यो खेलपनि नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि नै शुरु हुदै छ । नेपाल क्रिकेट संघ (क्यान) ले देव खनालको कप्तानीमा यू १९ एशिय कप खेल्ने नेपाली १४ सदस्यीय टिम दुबई पठाएको छ । नेपाली टिममा सिनियर टिमका गुलशन झालाई समावेश गरिएको छ ।

नेपाली टिममा देव खनाल (कप्तान), गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद घिमिरे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, बिशाल बिक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकास चन्द रहेका छन् ।

यू १९ एशिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । दुबईमा हुने यू(१९ एशिया कप मङ्सिर २२ ९डिसेम्बर ८० देखि पुस १ ९डिसेम्बर १७० सम्म हुने तालिका रहेको छ । खेल तालिका अनुसार नेपालले मङ्सिर २२ ९डिसेम्बर ८० मा पाकिस्तानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेल मङ्सिर २४ ९डिसेम्बर १०० मा अफगानिस्तानको र मङ्सिर २६ ९डिसेम्बर १२० मा भारतको सामना गर्ने छ ।कुल ८ देशले भाग लिने यू १९ एशिया कपको समुह बी मा भने बंगलादेश, जापान, श्रीलंका र युएई रहेका छन् दुवै समुहबाट शिर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । यू १९ एशिया कपको सेमिफाइनलका खेल मङ्सिर २९ ९डिसेम्बर १५० मा हुने छन् भने फाइनल खेल पुस १ ९डिसेम्बर १७० मा हुने छ ।