भक्तपुर। नागरिक बचाउ अभियानका अभियन्ता मेडिकल व्यवसायी दुर्गां प्रसाईंले आज तीनकुने क्षेत्रमा पूर्वनिर्धारित कायक्रम नगर्न काठमाडौं प्रशासनले रोक लगाएको छ । तीनकुनेमा काठमाडौं प्रशासनले रोक लगाएसङ्गै उनको पक्षधर केही युवाहरुलाई प्रहरीले पक्राउ गर्दै प्रसाईंलाई समेत भक्तपुरस्थित उनको निवासमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी वसन्त पाठकले प्रसाईंको सुरक्षाका लागि प्रहरी निवासमा तैनाथ गरिएको बताएका छन भने प्रसाइउ पक्षले नजर बन्द गरिएको दावी गरेका छन । प्रसाईंको नागरिक बचाउ अभियानका सह प्रवक्ता राजानन्द माण्डब्यले निवासमा व्यापक प्रहरी तैनाथ गरिएको र बाहिर निस्कन नदिएको बताएका छन्। उनका अनुसार अहिले प्रसाईंको घरबाहिर प्रहरी तैनाथ गरिएको छ । र, प्रहरीले प्रसाईंलाई ‘माथीको आदेश’ भन्दै बाहिर निस्कन अनुमति दिएको छैन ।