नबिन पन्त शनिबार, कार्तिक १८, २०८०

भक्तपुर – शुक्रबार राति जाजरकोट केन्द्रविन्दू बनाएर
आएको भूकम्पमा परेर शनिबार विहानसम्म करिब ८० जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिम ढकालका अनुसार भूकम्पमा परेर १०८ जना घाइते भएका छन्। ‘शनिबार विहान छ बजेसम्मको तथ्याङ्क अनुसार झन्डैब८० जनाको मृत्यु हुनुका साथै १०८ जना घाइते भएको जानकारीमा छ,’ उनले भने, ‘उद्दारका लागि प्रहरी खटिरहेको छ, मृतक र घाइतेको संख्या बढ्न सक्छ।’
प्रहरीका अनुसार अहिले सम्म जाजरकोटमा ४४ जना र रुकुममा २७ जनाको शव निकालिएको छ। प्रहरीले नेपालगञ्जबाट प्रहरी अस्पतालको टोली आवश्यक औषधिसहित खटाएको छ भने छिमेकी जिल्लाहरुबाट पनि उद्दारका लागि प्रहरी पठाएको जनाएको छ।