नविन पन्त बुधबार, कार्तिक ०८, २०८०

भक्तपुर– गत असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधनभएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि मुम्बई लगिएको थियो। मुम्बईको नेसनल बर्न सेन्टरमा उपचाररत उनको निधन भएको मनाङ एयरले एकविज्ञप्ति मार्फत् बताएको छ। मनाङ एयरले मंगलबार निधनको पुष्टि गरेको हो। सो दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन गएको मनाङ एयरको हेलिकप्टर शनिबार बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटनाग्रस्त भएको थियो।