नविन पन्त शुक्रबार, भाद्र २९, २०८०

बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ। मष्टा गाउँपालिका–१ रनाडा रुपदेउली टोलका दुई बालिकाहरु माथि करणी गरेर सोही ठाउँका तीन किशोर फरार भएका छन्। दुबै नाबालिकालाई करणी गर्ने किशोरहरू पनि नाबालक भएको प्रारम्भकि अनुसन्धानबाट खुलेकोले नाम नखुलाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए। पीडित बालिकाको स्वास्थ्य परीक्षण गरेर बालिकालाई घर पठाइएको छ भने करणी गर्ने किशोरको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए। यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई एक विद्यालयको हातामा बोलाई कक्षा कोठामा जबरजस्तीकरणी गरेको पीडित बालिकाका आफन्तले बताएका छन्। दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरूको आरोप छ।