नविन पन्त सोमबार, भाद्र २५, २०८०

भक्तपुर  -अहिले बैंकहरूमा चार खर्ब रुपैयाँ भन्दा बढी लगानी गर्नका लागि योग्य रकम भएपनि बैंकहरूले असोजको लागि निक्षेपको ब्याजदर नघटाउने देखिएको छ । त्यस्तै बैंकहरूलाई सोमबारबाट स्थानीय तहको कोषमा रहेको रकमको ६० प्रतिशत बराबर रकम गणना गर्न दिने तयारी भइरहेको छ । यस्तो कोषको रकम रहने खाता रहेका केही सीमित बैंकलाई मात्रै सुविधा हुनेछ, यसले गर्दा धेरै बैंकले ब्याजदर घटाउने सम्भावना छैन। साउनदेखि संस्थागत आवश्यकताको आधारमा वाणिज्य बैंकहरू आफैंले ब्याजदर तोक्न थालेका छन् । साउन अघिसम्म बैंकहरूले सहमतिमा ब्याजदर तोक्दै आएका थिए भने हालको सामयमा
बैंकहरूले कर्जा लगानी योग्य पुँजी अभावभन्दा पनि तरलता समस्याको कारण ब्याजदर घटाउन नसक्ने भएका हुन्। बैंकहरूले आफ्नो निक्षेप र पुँजी सहित कम्तीमा २० प्रतिशत तरलता कायम राख्नुपर्छ। बैंकहरूसँग यही तरलता कायम गर्न आवश्यक पुँजी अभाव भइरहेको हो।

अहिले बैंकहरूसँग लगानीको लागि लगभग चार खर्ब रुपैयाँ छ, स्थानीय तहको कोषमा रहेको रकम थपिदा लगभग चार खर्ब ६० अर्ब रूपैयाँ पुग्न जान्छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, तर तरलता अनुपात पुर्‍याएपछि एक दुई खर्ब मात्रै लगानीलाई निस्कन सक्छ। नजिकिदो चाडपर्वले गर्दा आयातको लागि कति प्रतितपत्र खोलिन्छ भन्ने पनि छ, यस्तो मागले बजारबाटै थप पुँजी बाहिरिन्छु सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले भने । यस अघि नै उच्च ब्याजदर दिएका केही बैंकले ब्याजदर घटाउन सक्ने सम्भावना रहे पनि धेरैले भदौ कै दर कायम राख्ने सम्भावना ेदखिएको छने कतिपय बैंकले भने केही दिनपछिको अवस्था हेरेर मात्रै निर्णय गर्न सकिने बताएका छन्।

यस्तो अवस्थामा विभिन्न बैंकका हाकिमहरुले व्याजदर नघटाउने कुरा गरि रहदाँ नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली भने ब्याजदर बढ्न नहुने बताउँछन्। अहिले अर्थतन्त्र शिथिल देखिएको छ, यस्तो बेलामा पनि बैंकहरूले ब्याजदर बढाए भने समस्या मात्रै बढ्नेछ, उनले भने । व्यवसायीहरूले अहिलेको ब्याजदर पनि उच्च रहेको बताउँदै आएका छन्। यही कारण कर्जा लगानी शिथिल भएको छ। भदौको लागि केही बैंकहरूले व्यक्तिगत मुद्दतीमा ९.५१ देखि १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन्। यो भनेको अधिकतम दर हो। कतिपय बैंकले साधारण बचतको ब्याजदर समेत बढाएका थिए। साउनको लागि साधारण बचतमा ४.८५ प्रतिशतदेखि ८ प्रतिशत ब्याजदर तोकेका बैंकहरूले भदौको लागि भने न्यूनतम ४.९७ प्रतिशतदेखि ८ प्रतिशतसम्म तोकेका थिए। गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा औसत ब्याजदर ७.८६ प्रतिशत दिएका थिए भने कर्जामा १२.३० प्रतिशतसम्म लिइरहेका थिए। असार अन्त्यमा बैंकहरूमा ५७ खर्ब ५१ अर्ब निक्षेप रहेकोमा गत शुक्रबारसम्म ५६ खर्ब ४८ अर्ब रहेको छ। असारअन्त्यमा ४८ खर्ब ७७ अर्ब कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले गत शुक्रबारसम्म ४८ खर्ब ९० अर्ब कर्जा लगानी गरेका छन्। कर्जा लगानी १३ अर्बले मात्रै बढेको छ।