नबिन पन्त शुक्रबार, साउन ०५, २०८०

भक्तपुर – दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोप दुई जना पक्राउ परेका छन्। तुलसीपुर-५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र ७३बर्षिया वृद्धालाई सामूहिक बलात्कार गरेको आरोप तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो।
वृद्धा कराएपछि स्थानीयले प्रहरीलाई खबर गरे। त्यसपछि पुगेको प्रहरीले उनीहरुलाई रगेहात नै पक्राउ गरेको हो।

https://youtu.be/xgoUBf3mzRI