२०८०/०३/ १७
कलि युगका मानिसले सोच्ने कि?
कलि युगका मानिस आफुले गर्नु पर्ने काम बाहेक अरू सबै काम गर्न जान्दछन जस्तो गर्दछन्।
प्राय उनीहरू आफ्नाे अधिकारकाे कुरा गरिरहेका हुन्छन तर कर्तव्य पालनकाे बारेमा काेही हाेसियार देखिदैन । जव कर्तव्यकाे पालना हुँदैन अनि समाजमा द्वन्दकाे सुरूवात हुन्छ । जव प्रत्येक मानिस अधिकारकाे खाेजी गर्छ तर कर्तव्यकाे पालना गर्दैन , मानव समाजमा द्वन्द लगातर काेरकाे रूपमा फैलिएकाे हुन्छ ।
अध्यात्म विनाकाे वैज्ञानिक पनि अर्थ हिन हुन्छ । अध्यात्मले नै मानिसलाई गलत कार्य गर्न राेक्छ । ज्यालामा कार्य गर्ने मानिस आफुलाई मालिक ठान्दछ । जसकाे उपस्थितिले उसकाे दैनिकी चलेकाे हुन्छ, उसलाई गरीब ठान्दछ किनकि उ बाहिर देखिदा महिलाे देखिन्छ, फाेहाेरी पनि तर उसले लगाएकाे कपडा च्यातिएकाे हुनसक्छ बाेलिमा बक्सियाेस नहुन सक्छ तर उ भित्रकाे दिल महान हुन्छ । त्याे भाेग्नेलाई मात्र थाह हुन्छ ।
आँखाले देखेकाे वस्तु , कानले आधा सुनेकाे कुरा , हातले पुर्वाग्रही रूपमा छाेएकाे वस्तु , आकृतिकाे भरमा गरिएकाे मुल्यांकनले कहिल्यै पनि राम्राे निकास दिदैन । किनकि त्यहाँ म काे वास हुन्छ , म सदा सर्वेसर्वा हुन खाेज्छ, म ले नै मानिसलाई अन्धाे बनाएकाे हुन्छ , म काेे कारणले नै अरूलाई आधा सत्य सुनाएकाे हुन्छ । आधा सत्य भएपछि अन्तमा हुने विनास नै हाे ः चरित्रकाे वा जीवनकाे पनि ; पुष्करशमशेरकाे कथा परिबन्दमा जस्तै ।
प्राय मानिस गल्ति आफु गर्छ तर दाेष अरूमा थुपार्छ । याे अज्ञानताकाे कारण नै हाे । आफ्नाे विवेककाे प्रयाेग गर्न नसक्ने मानिस , समयमा निर्णय गर्न नसक्ने मानिस , आधा सत्यकाे पछि लाग्ने मानिसकाे हातमा सच्चाइकाे वाेध पश्चात आत्मग्लानी बाहेक केही रहदैन । त्यसैले भन्ने गरिन्छ ः माैकामा हिरा फाेर्नु बेमाैकामा काैडी नछाेडनु ।
किन कि हिरा फाेरीएन भने कसैकाे जीवन जान सक्छ, जव जीवन नै समाप्त हुन्छ भने त्याे जतिसुकै मुल्यवान हिरा किन नहाेस त्याे अर्थ भएर पनि अर्थहिन हुनेछ । ठीक त्यसरी नै बेमाैकामा छाेडिएकाे काैडाले धर्मात्मा युधिष्ठरले त वनवास जानुपर्याे , कटुवचन श्रवण गर्नुपर्याे र जीवन सदा असहजमा ने विताउन पर्याे , अरुको हाल त झन पिडादायी हुने नै छ।
आज संसारमा जति भइरहेकाे छ विनासका कार्यहरू प्राय त्याे म कै हावीले हुने हाे । भिम र अर्जुन भित्र मकाे घमण्ड हनुमानले समाप्त पारेका थिए भने युथिष्ठरमा पलाएकाे अँहकार वा आफु सबैभन्दा दानी छु भनी दिलाइएकाे भाेजमा आधा सुनकाे शरिर भएकाे न्याउरीले युथिष्ठरकाे हाेस उडाइदिएकाे थियाे ।
कसरी ?
एक दिन महाभारतकाे युध्द पश्चात युथिष्ठरले ठूलाे यज्ञ लगाएका थिए । ब्राहमण लगाएत उपस्थित सबैलाई दान दक्षिणा दिएर पठाएका थिए । उनले त्यही वेलामा प्रश्न गर्न पुगेछन ः
यतिकाे ठूलाे दानी व्यक्ति कसैले देखेका थियाै ? अरु कोही छ त ?
प्राय सबै खुशी थिए , दङग थिए ,दान दक्षिणा पाएका थिए । सबैले युधिष्ठरकाे जयजयकार मनाउँदै थिए र समूहमा सुनिन्थ्याे ः छैन सरकार । हजुर नै सबै भन्दा ठूलो दानविर हो।
तर ठीक त्यही समयमा आवाज आयाे ः याे त केही ठूलो दान हाेइन ।
कस्काे आवाज हाे भनेर यत्रतत्र हेर्न थाले कसैले ठम्माउन सकेनन , त्याे आवाज बाेल्ने काे रहेछ ?
अन्तमा एक न्याउरी मुसाे देखा पर्छ र भन्न थाल्छ महाराज याे हजुरकाे यज्ञ त केही ठूलाे यज्ञ हाेइन र याे दान त केही ठूलाे दान हाेइन।
किन र कसरी ?
कुरूक्षेत्रको नजिकमा एक जना महाजन थिए । उनी दानबीरकाे रूपमा कहलाएका थिए । उनकाे दानकाे वारेमा जताततै हल्ला भएछ । एक दिन उनी कत्तीका दानी छन त भन्ने थाह पाउनकाे लागि भगवानले उनकाे परीक्षा लिने निश्चय गरेछन । कुरू क्षेत्रकाे आसपासमा पुरा खडेरी पारेछन। । कसैकाे घरमा अन्नकाे दाना समेत रहेनछ । ती महाजनकाे घरमा पनि अन्नकाे दाना बाकी थिएन ।उनी आफ्नो धानको खेतमा पुगेछन् । केही शिला प्राप्त गरेछन । घरमा ल्याएर त्यसलाई कुटेर खाना पकाएछन ।जव खाना पकाएर परिवारका सदस्यलाई उनकाे श्रीमतीले बराबर राखी दिदै थिइन त्यही समयमा एक जना जाेगी भाेक लागेकाे छ कैयाैं दिनसम्म खान पाएकाे छैन भनेपछि , ती ब्राहमणले आफ्नाे भागकाे खाना ती जाेगीलाई दिए । तर जाेगीले भाेक मरेन भने । उनकाे छाेराले जाेगीलाई दिनकाे लागि अनुराेध गरे । त्याे पनि खाए तर पनि भाेक नमेटिएकाे बताए । बुढीकाे भाग , छाेराकाे भाग पनि दिए तर पनि उनी अगाएनन। अन्तमा गर्भवती वुहारीले पनि आफ्नाे भाग पनि जाेगीलाई दिन लगाइन। सवै खाना जाेगीले खाइिदए । अन्तमा ती त जाेगी नभएर साक्षात भगवान थिए अन्तमा पुरै परिवारलाई पुरस्कृत गर्नकाे लागि स्वर्गकाे भ्रमणमा लगेकाे थिए । मैले याे सबै मेराे आँखाले देखेकाे थिए । न्याउरी मुसाले भन्यो। महाराज जव उनीहरू बाहिर निस्की सकेका थिएनि मैंले पनि खसेका केही सिता भात खाएकाे थिए जसले गर्दा मेराे आधा शरिर सुनकाे भएकाे छ । हे महाराज यदि तपाईं ती ब्राहमण भन्दा बढी दानवीर भएकाे भए मलाइ मेराे बाकि शरिर पुरै सुनकाे बनाइदिनुहाेस । अन्यथा सवैभन्दा दानी त महाराज युधिष्ठर नभइ तीनै ब्राहमण हुन ।
यस घटना क्रमले धर्मात्मा युधिष्ठरकाे मनभित्रको मले त हार खानुपरेकाे थियाे भने याे कलियुगका मानिसकाे म काे त के कुरा ।
फेरी बुझ्नुपर्छ दानमा सबैभन्दा ठूलाे क्षमादान हाे तर पनि अति भएपछि त दण्डित गर्नुपर्छ जसरी कृष्णले शिशुपाललाका १०० अपराधलाई क्षमा दिइसकेपछि अन्तमा कृष्ण भगवानले धर्मकाे रक्षाकाे लागि विकल्प केही नभएपछि दण्डित गर्नुपर्छ भन्दै दण्डित गरेका थिए।
नेपालकाे भ्रष्टाचार र म माैलाएकाे छ । म काे अँहकार र अन्य दुराचारकाे अन्तमा पुरस्कारले पनि काम नगरेपछि दण्डित गर्नुपर्ने कुरा शास्त्र वताइरहेकाे छ । नेपालको राजनैतिक वृतमा अलि अलि लक्षण देखिन थालेका छन । जव अपराधी र गलत सोचका मानिस दण्डित हुन थाल्छ मानिसमा विस्तारै कर्तव्यकाे वाेध हुन्छ । जव कर्तव्यकाे वाेध हुन्छ, समाजकाे द्वन्द पनि समाप्त हुन्छ नै । पशुपति मित्र माध्यमिक विद्यालयका वि.व्य.समिताका अध्यक्षले समग्र शिक्षकको बीचमा भनेका केही शव्द – First deserve then desire something else. अर्थात कुनै स्थानकाे लागि इच्छा गर्नकाे लागि सामार्थ वा याेग्यता वनाउनै पर्छ । यो नै उहाँको यी शब्दले भन्न खोजेका हुनुपर्छ।
अन्तमा एक्काइसौ शताब्दीका मानिसको सोच कसैकाे कठपुतली बन्न पनि हुँदैन र कसैलाई कठपुतली बनाउने चाहना पनि गर्नुहुन्न । अध्यात्मको माध्यमबाट कर्तव्यको बोध गर्दै सत मार्गमा लागे मात्र, विकास , समृद्धि र सभ्यता फष्टाउने छ। अनि कलियुगममा नराम्रो कार्य हुन्छ भन्ने कथा नै परिवर्तन हुने छ। यदि सबै मानिस भित्रकाे म मा मौलाएको अंहकारलाई त्यागेर सत मार्गमा लागेमा संसार स्वर्ग हुनेछ । भाइचारा फष्टाउने छ। यही नै हो आजको आवश्यकता।
संसारकै सपना बोकेको देश अमेरिका अरुमा समानता र प्रजातन्त्रको कुरा गर्छ तर उसको प्रजातन्त्र र समानताको खोल छालाको रंग, हतियारको दम्भको कुरा हुनसाथ लजावन्ती झारको कथा हुनसक्छ। त्यसैले पनि म को मार्ग सत्यको हुनुपर्छ, त्यागको हुनुपर्छ, मैले नत्यागे कसले त्याग्छ, मैले नगरे सत्कर्म अरु कसले गर्छ म अँहकार मा होइन पुलको काम गर्ने सेतु बन्न सक्नुपर्छ। जब प्रकृति मुस्कुराउन थाल्छ, त्यहाँ सबै कुराको प्राप्ति हुनेछ। प्रशव पिडा जस्तै। प्रशव पिडा पक्कै पनि असैह्य हुन्छ तर पनि त्यस पिडालाई जब वच्चा च्याँ गर्छ नि सबै भुलाइ दिन्छ। हो आजको मानिसको खोज प्रशव पिडाको हुनुपर्छ जसले पिडा हुँदाहुँदै पनि स्वर्गीय आनन्द दिलाउँछ।हो यो पिडा पुस्ताहस्तान्तरणको लागि पनि हो भने प्रकृतिलाई बचाइराख्ने खेल हो। हो यही खेलको लागि एक्काइसौ शताब्दीको मानिस अर्थात् कलियुगको मानिस तयार हुनुपर्छ।
चन्द्रकान्त पण्डित पशुपति मित्र मा: बि: चाबहिल काठमाडौ ।