Fursad Times शुक्रबार, जेठ २६, २०८०

निर्देशक शंकर बिसी र मेलिना तामाङको अभिनयमा “बेसारे माया” सार्वजनिक
भिडियो
काठमाडौं । लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले करिब ९ महिनापछि नृत्य गरेको गीत “बेसारे माया” गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतमा मेलिना राई र अशोक सुनारको स्वर रहेको छ भने चर्चित सर्जक रमेश परियारको शब्द तथा संगीत रहेको छ । भिडियोमा शंकर बिसीको निर्देशन रहेको छ भने हरी हुँमागाईको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा शंकर बिसी र मेलिना तामाङको नृत्य तथा अभिनय हेर्न पाईन्छ । यसअघि शंकर बिसी अमेरिकाबाट नेपाल आएपछि उनको निर्देशनमा धेरै गीतहरु बजारमा आएका थिए तर अमेरिकाबाट नेपाल आए पश्चात ९ महिनामा नृत्य अभिनय गरेको पहिलो गीत यही हो । यस गीतलाई रमेश परियारको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।