Fursad Times आइतबार, चैत्र १९, २०७९

झोराहाट नाटकघरमा प्राज्ञ तथा वरिष्ठ साहित्यकार लक्ष्मी उप्रेतीको कथा ‘जुवाडे लोग्ने’ मा आधारित नाटक मञ्चन गरिएको छ । उप्रेतीको  ‘संवेदनाको संसारभित्र’ मा रहेको उक्त कथालाई नाट्य रुपान्तरण गरी मञ्चन गरिएको हो । त्यस अवसरमा उप्रेतीलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा कवि तथा समीक्षक हरि कट्टेलले उप्रेतीको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले उप्रेतीको साहित्यप्रतिको त्याग र समर्पणको सह्राहना गर्दै झोराहाट नाट्य समूहको प्रशंसा गरे  । सम्मानित सर्जक उप्रेतीले सम्पूर्ण सहभागी र नाट्य समूहप्रति कृतज्ञता व्यक्त गरिन् । नाटकमा सविना श्रेष्ठ, सुजाता राई, किस्मत खतिवडा, राधा सुवेदी, रोमा लम्साललगायत कलाकारको अभिनय थियो । सर्जक इन्द्र न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न स्रष्टाहरुको सहभागिता थियो । झोराहाट नाट्य समूहले चैत महिनाभित्रै भारतको आसाम र सिक्किमका स्रष्टाहरुको उपस्थितिमा कार्यक्रम गर्ने जनाएको छ ।