Fursad Times आइतबार, माघ १५, २०७९

भक्तपुर । रवि लामिछाने नागरिकता पुनःप्राप्तिका लागि काठमाडौंको जिल्ला प्रशासन कार्यालय पुगेका छन् । उनले आजै पुनःप्राप्तिको प्रक्रियाबाटै नागरिकता लिने बताइएको छ । लामिछानेको नागरिकता शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलाशले अवैध ठहर गरेसँगै उपप्रधान तथा गृह मन्त्रीको जिम्मेवारी र पार्टी नेतृत्वबाट पदमुक्त भएका थिए । लामिछाने नागरिकता पुनःप्राप्तिका लागि पुगेपछि प्रशासन कार्यालय परिसरमा भिडभाड बढेको छ । सुरक्षा ब्यवस्था कडा पारिएको छ ।