Fursad Times बिहिबार, पौष २१, २०७९

भक्तपुर – कलाकार सन्ध्या खडका दुर्घटनामा परेर घाइते भएकी छिन । उनी ‘नारी’ सिरियल्को शूटिङ्ग सकेर घर फर्कदै गर्दा उनि परेकी हुन् । उनी सवार पठाओ मोटरसाइकल बबरमहल स्थित मुख्य सडकमा कारसँग ठोकिदा दुर्घटनामा परेको हो । दुघर्टनामा परेकी खड्कालाई तत्काल केएमसी अस्पतालमा भर्ना थियो भने उनको टाउको २५ टाका लगाइएको छ साथै शरिरका बिभिन्न भागमा चोट लागेको कलाकार उत्तम केसीले जानकारी दिए। केसीका अनुसार खड्का अहिले खतरा मुक्त त रहेकी छन् । डाक्टरले खड्का खतारा मुक्त रहेको बताएपनि केही दिन अझै अस्पताल रहने केसीले बताए ।

उनले ‘सोच, रुमालै छ चिनो’ लगायत केही फिल्म अभिनय गरेकी छन् भने सिरियलमा ‘जात, उल्टो सुल्टो, नारी, संन्ध्या, ठिकै छ, परिवार, टुहरी, बुहारी लगायत दजैनौ टेलिसिरियल तथा म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।