Fursad Times सोमबार, मंसिर ०५, २०७९

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत फराकिलो मतान्तरले पछि परेका छन् । चुनाव अघि सम्म आफुले तेब्बर मत अन्तरले आफू बिजयी हुने दावी गरेका बस्मेत प्रारम्भिक मत गनणामै पछि परेका हुन। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार २०२ मत ल्याएका छन् भने बस्नेतले ५ हजार ५१० मत प्राप्त गरेका छन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका साजन बिकले १ हजार ११६ मत पाएका छन् ।