Fursad Times आइतबार, साउन ११, २०७७

भक्तपुर । आफ्नै श्रीमतीको हत्याको आरोपित पूर्व प्रहरी नायब महानिरीक्षक रञ्जन कोइरालाको सर्वस्व सहितको जन्म कैद को सजाय घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि तीनजना न्यायाधीशको सँयुक्त इजलास तोकिएको छ। सर्वोच्च अदालतको पेसी नम्बर ६ मा न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलास तोकिएको हो।

आइतबार हुने सुनुवाई महान्यायधीवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा सुनुवाई हुनेछ। जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका पूर्व डीआइजी कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो।