Fursad Times सोमबार, मंसिर ०५, २०७९

भक्तपुर – बैतडीमा मत पेटिका पुर्‍याएर फर्केको प्रहरी बोकेको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्युु भएको छ। मृतकहरुको परिचय खुल्न भने बाँकी छ । दुर्घटना परेको जीपमा १२ जना प्रहरी सवार रहेको बुुझिएको छ। से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका वडा न.४को निङलाडी खोलामा दुर्घटना भएको वडा अध्यक्ष दिपक बिष्टले बताए। सो दुर्घटनामा परी ९ जना घाइते भएकोमा ४ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुमध्ये छ जनाकाे पहिचान खुलेको छ। घाइते हुनेहरुमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन्। दुर्घटनामा परि घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ। जिप सडकबाट करिब  ३ सय मिटर तल खसेको छ।  घटनाका बिषयमा थप जानकारी आउन बाँकी छ।