Fursad Times सोमबार, मंसिर ०५, २०७९

भक्तपुर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको देशका विभिन्न स्थानबाट मतगणनाको प्रारम्भिक नजिता आउने क्रम जारी छ। मत गणना भएका धेरै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी आक्रमक रुपमा आएको छ। यसैबीच काठमाडौं क्षेत्र नम्बर ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १७७ मत पाएको छ। यसैगरी पानीको जार चुनाव चिन्हले १०८ पाएको छ भने नेकपा एमालेले ९३ मत पाएको छ। माओवादी केन्द्रले ७५ मत मात्रै पाएको छ। यहाँ गणना भएको मध्ये २० मत बदर भएको छ। अहिले मतगणना जारी छ।