Fursad Times शुक्रबार, मंसिर ०२, २०७९

भक्तपुर – युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले सानदार जीत निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जित हासिल गर्दै सिरिज २-१ ले आफ्नो पोल्टामा पारेको छ । ।

आज युएईसँग भएको तेस्रो तथा निर्णायक खेलमा युवा ओपनर तथा विकेटकिपर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको उत्कृष्ट अर्धशतकसँगै नेपालले रोमाञ्चक जित हासिल गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल बनाएको थियो । युएईले नेपाललाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ । युएईसँगको तेस्रो तथा निर्णायक खेलमा नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले एकदिवशीय क्रिकेटमा आफ्नो पाँचौं अर्धशतक पूरा गरेका छन् । यस्ता ओपनर आसिफले पनि आफ्नो करिअरको पाँचौं अर्धशतक पूरा गरेका छन् ।