Fursad Times बिहिबार, कार्तिक २४, २०७९

भक्तपुर । अहिले समाजिक सञ्जालमा अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको ५ हजार मिटरमाथि खिचेको हिउँ चितुवाको फोटो धेरै चर्चित भै रहेको छ । यसरी सामाजिक सञ्जालमा नेपालको हिउँ चितुवाको फोटो खिच्न पनि विदेशी नै आउनुपर्ने भनेर धेरै टिका टिप्पणी भै रहेको छ ।

संचारमाध्यमले पनि कितिया पावलोभ्स्कीले खिचेको सो फोटो निक्कै प्राथमकिताको साथ प्रस्तुत गरिरहेका छन । नेपालस्थित अमेरिकी दुतावासले पावलोभ्स्कीका फोटो सेयर गरेपछि संचार माध्यम र सामाजिक संजालमा निकै भाइरलन नै भएका थिए । यसरी कितिया पावलोभ्स्कीले खिचेका फोटो भाईरल्भै रहेको बेला यो भन्दा अगाडि नै नेपालीहरूले नै हिम चितुवाको सुन्दर फोटोहरू खिचेको पाइएको छ । मनाङको १६ सय मिटर उचाइमा नेपाली फोटो पत्रकार चुङ्बा शेर्पा र टासी आर घलेले खिचेको हिम चितुवाको फोटो यतिखेर सामाजिक संजालमा देखिन थालेका छन । मनाङको ४६ मिटरको उचाइमा शेर्पाले १६ दिन लगाएर खिचेको फोटो पत्रकार यज्ञशले सामाजिक संजालमा पोस्ट गरेका छन् ।

अमेरिकी फोटो पत्रकारले हिम चितुवाको निकै राम्रो फोटो खिचेकै हुन्, त्यसमा दुई मत छैन । तर, नेपालका फोटो पत्रकारले के खिच्छन् ? भनेर खिसिट्युरी पारामा आएका कमेन्ट देख्दा अचम्म लाग्यो।’ उनले सामाजिक संजालमा संजालमा लेखेका छन्, ‘ यो हिम चितुवाको फोटो नेपाली फोटो पत्रकार चुङ्बा शेर्पाले खिचेका हुन्। उनले मनाङमा ४,६०० मिटर उचाइमा १६ दिनको यात्रा गरेर यो फोटो खिचेका हुन्। उनले नै हालै नेपालमा रहेको जंगली याकको फोटो पनि खिचेका छन्।’

नेपाली फोटोग्राफरले खिचेको हिउँ चितुवाको तस्बिर झनै प्रष्ट र आकर्षक देखिन्छ । उनले निक्कै नजिकबाट जोखिम मोलेरै फोटो खिचेको देख्न सकिन्छ । त्यस्तै रोशन तिवारी नामका फेसबुक प्रयोगकर्ता रोशन तिवारीले घलेले फोटो खिच्न पत्रकार नै हुनुपर्दैन भन्दै विदशीलाई महान र नेपाललाई हेयको दृष्टिले नहेर्न आग्रह गरेका छन् ।