Fursad Times शुक्रबार, कार्तिक १८, २०७९

भक्तपुर । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । शुक्रबार सन्दीपको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश घिमिरेको इजलासले उनलाई केन्द्रीय कारागार सुनधरा पठाएको छ ।