Fursad Times शुक्रबार, कार्तिक १८, २०७९

भक्तपुर – नेपाली फिल्मले यो ७ महिनामा सुखद व्यापार गरिरहेको अवस्थामा अब रिलिज हुन लागेका फिल्मले कस्तो व्यापार गर्छन् भन्ने अनुमान हुन थालेको छ । मंसिर महिना भरी सुस्ताएका निर्माताहरु पौष महिनाबाट भने फेरि जुरमुराउनेछन् । यहि बर्ष नेपाली फिल्म क्षेत्रका २ नायिकाको २–२ वटा फिल्म रिलिज हुँदैछ । कुनै समयकी नम्बर १ नायिका भनेर चिनिएकी नायिका प्रियंका कार्की यो बर्ष २ वटा फिल्ममाफर्त दर्शकमाझ आउँदैछिन् । यो बर्ष उनी अभिनित ‘लक्का जवान’ रिलिज भएता पनि व्यापारिक रुपमा यो फिल्मले सफलता पाउन सकेन । लक्का जवान फ्लप भए पछि अब नायिका प्रियंका कार्कीका लागि बाँकी २ फिल्म महत्वपूर्ण छन् । प्रियंका अभिनित ‘चि मुसी चि’ पौषको १५ गते रिलिज हुँदैछ भने अर्को फिल्म ‘फूलबारी’ फागुणको ५ गते रिलिज हुँदैछ ।

यस्तै, कुनै समय मगङ्गी नायिकाको ट्याग भिरेर सफल फिल्म दिन नसकेकी ‘रातो टिका निधारमा’बाट सुपरफ्लप भएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि यो बर्ष २ वटा फिल्म रिलिज हुँदैछ । उनी अभिनित फिल्म ‘ह्यारी कि प्यारी’ माघको २० गते र ‘लण्डन टू पेरिस’ फागुणको ५ गतेबाट रिलिज हुँदैछ । साम्राज्ञीलाई यो बर्ष चम्किनका लागि यी दुबै फिल्म चल्न आवश्यक छ । किनकी, निरन्तर खस्किदो करिअरलाई उठाउन उनले यो बर्ष बक्स अफिसमा आफ्नो जादु देखाउन आवश्यक छ । यो बर्ष स्वस्तिमा खड्का, पूजा शर्मा जस्ता नायिकाहरु असफल भैसकेका हुनाले प्रियंका र साम्राज्ञीका लागि यो बर्ष विशेष छ ।