Fursad Times आइतबार, कार्तिक १३, २०७९

भक्तपुर – पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको बस आज बिहान करिब ४ बजे दुर्घटनामा भएको छ । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीबाट मनकामना मन्दिर दर्शनको लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर २ मथारमा आज बिहान दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको र ३० जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । प्रहरी चाैकी बुलिङटारका अनुसार दुर्घटनास्थलबाट ५ जनाकाे शव निकालिएको छ । २ वटा बसमा दर्शनार्थीहरू मनकामना दर्शनका लागि जाँदै गरेका थिए भने त्यसमध्ये एक बस दुर्घटनामा परेको हो। बस सडकबाट करिब सय मिटर तल कालिगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ।