Fursad Times बुधबार, कार्तिक ०९, २०७९

भक्तपुर – चन्द्रमासअनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत् ११४३ लाई आज बिहान सूर्योदयसँगै स्वागत गरिएको छ। नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। बिहान सूर्योदयसँगै नयाँ वर्ष सुरू भएको खुसीयालीमा देशको राजधानी काठमाडौंका विभिन्न स्थानहरुमा शुभकामना र्‍याली निकालिएको छ।

खास गरी नेवार समुदायले यस संवतलाई नयाँ वर्षका रुपमा मनाउने गरेको छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूआत गराएका थिए भने यस संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको थियो।

तस्बिरमा हेर्नुस् काठमाडौंमा यसरी मनाइदै. छ नेपाल संवत अर्थाता नेवारी नयाँ वर्षलाई