Fursad Times बुधबार, कार्तिक ०९, २०७९

भक्तपुर – चलचित्र बिकास बोर्डका अध्यक्ष तथा सदाबाहार नायक भुवन केसीको व्यक्तिगत र व्यवसायिक जीवन खुल्ला किताब झैं छ । उनको व्यक्तिगत जीवनमा के भए र व्यवसायिक जीवन कस्तो रह्यो भन्ने कुरा सायदै कोहि अनविज्ञ होलान । कलाकारको रुपमा अत्यन्त सफल मानिने उनको व्यक्तिगत जीवन भने धेरै सुखद् रहेन भन्दा फरक नपर्ला । भ्वनको दुई विवाह टिक्न सकेन । उनको जेठी श्रीमतीबाट दुई सन्तान र कान्छी श्रीमतीबाट एक सन्तान (अनमोल) छन् ।
दुई विवाह टुंगिएपछि भुवन ७/८ वर्षदेखि अभिनेत्री जीया केसीसँग ‘लिभिङ रिलेसनसिप’मा रहे पनि यी दुवैले रीति-रिवाजअनुसार विवाह गरेका छैनन् । अब भने भुवन जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने योजनामा छन् ।   तयारी गरेका छन् । उनले जीयाको नाम नलिई विवाहतर्फ संकेत गर्दै भनेका छन्, ‘हामी धेरै वर्षदेखि सँगै नै बस्दै आएका छौं । उहाँ (जीया केसी) ले मलाई साथ दिनु हुन्छ । उहाँले मेरो परिवारलाई सहयोग गर्नुहुन्छ र मेरो परिवारले पनि उहाँलाई सहयोग गर्दै आएको छ । अब भने त्यसलाई निर्णायक मोड दिने सोचमा छु । परिवार सकारात्मक हुनुहुन्छ । र, चाँडै हामी एउटा निर्णय लिएर अघि बढ्नेछौं ।’  उनले आफ्नो पहिलो विवाह २० वर्षको उमेरमा भएको र पहिलो श्रीमतीसँग छुटिएर बसेको २०/२५ वर्ष भइसकेको बताए । तर, पहिलो श्रीमतीसँग अहिले पनि भेटघाट र बोलचाल हुने गरेको उनको भनाई छ । दोस्रो श्रीमतीसँग भने भेटघाट र बोलचाल नहुने गरेको भुवन बताउँछन् । तर, आफूलाई अनमोल जस्तो अनमोल छोरा दिएकोमा कान्छी श्रीमतीप्रति उनी सम्मान प्रकट गर्छन् ।