Fursad Times सोमबार, आश्विन २४, २०७९

भतपुर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति रहेको भन्दै उम्मेदवारी रद्ध गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । देउवाले डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका थिए । उनको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको फोटोसहितको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको भन्दै उजुरी परेको हो । देउवा विरुद्व उजुरी परेपछि प्रधानमन्त्री देउवालाई यसबारे प्रस्ट पार्न मंगलबार दिउँसो २ बजेसम्मको समय दिइएको छ ।                                                 

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहेको भन्दै बीपी कांग्रेसका तर्फबाट उम्मेदवार रहेका कर्ण मल्लले देउवाविरुद्ध उजुरी हालेका हुन् । कांग्रेस डडेल्धुराका पूर्व सभापति समेत रहेका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति रहेका छन् । देउवा प्रधानमन्त्री हुँदा २०५८ मा मल्ल स्वकीय सहसचिव समेत रहेका थिए ।