Fursad Times सोमबार, आश्विन २४, २०७९

भक्तपुर । बलात्कार आरोप लागेर यतिबेला न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने युवती नाबालिक नरहेको जानकारी गराएका छन । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका लामिछानेले न्यायाधीशसमक्ष जाहेरी दिने युवती नाबालिका नरहेको र उनी १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन्।

सन्दिपलाई न्यायाधीशले घटनाबारे सोधेपछि जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए । अधिवक्ता घिमिरेका अनुसार सन्न्दीपले न्यायाधीश समक्ष आफूसँग जाहेरवालीले १९ वर्षको बताएकी जानकारी गराए। सन्न्दीपविरुद्ध २१ भदौमा प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो । उजुरी परेको एक महिनापछि २० असोजमा पक्राउ परेका हुन्।

सन्दिपलाई हिरासतमा राख्न म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको हो। अदालतमा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपका अर्का कानुन व्यवसायी सुधा रिजालले जाहेरीवालाको दुईवटा जन्मदर्ता भेटिएको दाबी गरेकी छन्। उनका अनुसार जाहेरीवाला नाबालिग होइनन्।