Fursad Times बिहिबार, आश्विन २०, २०७९

भक्तपुर – क्रिकेटर सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा पुगेका छन् । बलात्कारको आरोप लागेका उनलाई आज काठमाडौं आएसँगै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

उनी कतार एयरवेजको विमानबाट आज काठमाडौं आएका थिए । उनले आफू आज नेपाल फर्किनेबारे यसअघि नै सामाजिक संजालबाट जानकारी दिएका थिए । उनीमाथि बलात्कारको आरोप लगाउँदै एक नाबालिग किशोरीले प्रहरीमा उजुरी दिएपछि उनीविरुद्ध अनुसन्धान सुरू गरिएको थियो ।