Fursad Times बुधबार, आश्विन १२, २०७९

भक्तपुर मध्यराति सल्यानमा जीप दुर्घटना हुँदा एक बालकसहित ८ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक महिला र सात पुरूष रहेको छन भने थप एक जना घाइतेलाई उपचारका लागि दाङ तर्फ पठाइएको छ। हालसम्म मृतक कसैको पनि पहिचान खुलिसकेको छैन। सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले हालसम्म ८ जनाको मृत्यु भए पनि कसैको परिचय नखुलेको जानकारी दिए। प्रहरीका अनुसार उक्त जीपमा कुल ९ जना सवार थिए।

प्रहरी स्रोतका अनुसार उनीहरू नेपालगञ्जबाट बिहे भोज खाएर सल्यानस्थित घर फर्कदै थिए। मध्यराति साढे १ बजेतिर दुर्घटना हुँदा प्रहरीले समयमै थाहा नपाएर उद्धार र उपचारमा समस्या भइ मृतकको संख्या बढेको एक स्थानीयले बताए।स्थानीयले दुर्घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय कपुरकोटबाट बिहान साढे ४ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो। दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजे इन्ट्रि गरेर सल्यानतर्फ हिँडेको रा १ ज ५६३ नम्बरको डबल क्याप जीप जिल्लाको कपुरकोट गाउँपालिका वडा नं। ३ मुलपानीमा राति करिब सवा १ बजेतिर दुर्घटनामा परेको थियो। जीप सडकबाट करिब ७० मिटर जति तल खसेको स्थानीयले बताएका छन्।