Fursad Times शुक्रबार, भाद्र ३१, २०७९

भक्तपुर – देशभर अहिले डेंगीको माहामारी फैलिएको छ । यसरी देशभर महामारीको रुपमा फैलिन थालेको डेंगीका बिरामीका लागि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सक्ने बताएका छन् । महानगरबासीलाई महानगरले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो। मेयर शाहका अनुसार डेंगी संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्न सकिने समेत बताएका छन्। यसका साथै महानगरले डेंगीको रोकथाम र नियन्त्रण गर्न सबै महानगरबासीलाई सँयुक्तरुपमा सक्रिय भएर लाग्न पनि उनले आग्रह गरेका छन्।