Fursad Times मंगलबार, भाद्र २१, २०७९

फिल्म निर्देशक सुदर्शन थापाले आफ्नो चलचित्रले गरेको व्यापारको बारेमा गलत रिपोर्टिङ गरेको भन्दै एक पत्रकारलाई कानको जाली फुटाउने भन्दै धम्की दिएका छन् । नौलो न्यूज डटकम नाम अनलाइनमा प्रकाशित समाचारलाई लिएर पत्रकार सुजन श्रेष्ठलाई फोन नै गरेर निर्देशन सुदर्शन थापाले यस्तो धम्की दिएका हुन् । उनले आफ्नो चलचित्र समालिन्छ कहिले मनको व्यापारका विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको आरोप थापाको छ । थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नआएको भन्दै सो अनलाइनमा एउटा तस्बिरसहित समाचार प्रकाशित भएपछि आपत्ती जनाउँदै थापाले आफ्नी श्रीमतीको मोबाइलबाट फोन गरेर गाली गलौज गरेको बताइएको छ। यता पत्रकार श्रेष्ठले भने आफू स्वयम् हलमा गएर देखेको दृष्य नै अनुसार समाचार बनाएको बताएका छन् । सुजनले ‘टिकट फ्रि हुँदा पनि हल सुनसान’ भन्ने शीर्षकमा समाचार लेखेका थिए । यो समाचार प्रकाशित भए पछि सोमबार साँझ ४ बजेतिर सुदर्शन थापाले आफूलाई फोन गरेर धम्क्याएको सुजनको आरोप छ । अहिले देशभर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ देशभर प्रदर्शन भइरहेको छ ।