Fursad Times शुक्रबार, भाद्र १७, २०७९

अभिनेता प्रदीप खड्का विश्वको ठूलो फिल्म बजार मानिने भारतमा चलचित्र

प्रेमगीत ३’

मार्फत उपस्थिति जनाउँदैछन् । प्रदिपको  फिल्म ‘प्रेमगीत ३’ असोज ७ गतेबाट नेपालसँगै भारतमा समेत एकसाथ प्रदर्शन हुँदैछ । यो फिल्म हिन्दीमा डब भएर भारतमा प्रदर्शन हुन लागेको हो । नेपाली फिल्म भारतमा प्रदर्शन हुन लागेको यो पहिलो फिल्म हो यसर्थ पनि ‘प्रेमगीत ३’ले एउटा गर्विलो इतिहास रच्दैछ । आफू अभिनित फिल्म ‘प्रकाश’ प्रदर्शनमा आएको तीन दिनपछि प्रदीप “प्रेम गीत ३” को लागि मुम्बई उडे । तीजको दिन दिल्लीमा आयोजित एक कार्यक्रममा उनले ‘प्रेमगीत ३’को प्रचार गरेका थिए, जहाँ उनीसँग भेट्न र सेल्फी खिच्न नेपालीहरुको ठूलो भीड लागेको थियो । उक्त कार्यक्रममा पुगेका भारतीय सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा प्रदीपले बलिउडलाई अर्ति-उपदेश समेत दिन भ्याए ।

पछिल्लो समय बलिउडमा ठूला स्टारको फिल्म ‘बाइकट’ (निषेध) को ट्रेन्ड नै चलेको छ । जसले गर्दा एकपछि अर्का ठोला स्टारहरुको फिल्मलाई ठूलो मार परेको छ । यसविषयमा एक महिला सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रदीपले किताब पढेझैं हिन्दीमा फरर जवाफ फर्काउँदै भने- ‘इन्डस्ट्रीले कुरा कम गरेर काममा ध्यान दिने हो भने ‘बाइकट’को अवस्था नै आउँदैन । त्यसैले बोल्न कम गरेर काम गरौं ।’ सो समयमा प्रदिपले आफूहरु बलिउडबाट इन्स्पार्ड भएर आएको समेत सुनाए । उनले अगाडि भने- ‘हामी हिन्दी फिल्म मेकिङबाट इन्स्पार्ड छौं । पहिला पोस्ट प्रोडक्सनका लागि प्रायः नेपाली फिल्म भारतमै आउँथ्यो । तर, अहिले नेपालमै सबै टेक्नोलोजी उपलब्ध भएकाले भारत आउने क्रम केही कम भएको छ ।’ उनले भारत आउँदा आफूलाई कहिल्यै अर्को देशमा आएको महसुस नहुने पनि बताए । ‘प्रेमगीत ३’को माध्यमबाट आफूहरुले नेपालको हिमालयको सेटअप विश्वलाई देखाउन चाहेको उनको भनाई छ । उनले हिमालको वास्तविक दृश्यमा फिल्म खिच्नका लागि नेपाल जान पनि बलिउडलाई आग्रह गरेका छन् । ‘फिल्ममा देखिएको हिमालयको दृश्यमा पुग्न भारतबाट नेपाल जान त्यति टाढा पनि छैन । बलिउडलाई त्यस्ता ठाउँमा छायांकन गर्नका लागि यूरोप जानु पर्दैन,’ उनले भने ।