Fursad Times सोमबार, भाद्र १३, २०७९

भक्तपुर – केही दिनदेखी सार्वजनिक स्थल कब्जा गरी बनाइएका, नक्सा पास गर्दा अनुमति पाएको भन्दा फरक प्रयोजनमा प्रयोग गरिएका र अन्य मापदण्ड उल्लंघन गरिएका अवैध र मापदण्ड विपरित बनाइएका संरचनालाई कानुनको दायरामा ल्याउन उत्रिएका मेयर बालेनको अभियानलाई एमालेका नेता महेश बस्नेतले विरोध गरिरहेका छन् । उनले मेयर बालेनको उक्त कार्यप्रति आपत्ति जनाउदै सामाजिक संजाल र सञ्चार माध्यम मार्फत विरोध गरेका हुन् ।
एक कार्यक्रममा बोल्दै नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भने ‘नक्सा पास नभएका सबै घरहरु भत्काउने हो भने उपत्यका बस्न लायक रहँदैन ।’ बस्नेतले नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, रमेश खरेल र रवि लामिछाने लगायतका व्यक्तिलाई सम्बोधन गर्दै हरेक कुरामा घरहरु भत्काउने हो भने हामी काठमाडौं छाडेर भाग्नु पर्ने अवस्था सिर्जना हुने बताएका छन त्यस्तै बस्नेतले बालेनप्रती व्यङ्ग्य गर्दै भने ‘उपत्यकाका सबै १८ जना मेयरले १८ वटै नगरपालिकामा डोजरमा बसेर कालो चस्मा लगाउँदै घर भत्काउँदै हिँड्ने हो भने उपत्यका छाड्नु पर्छ ।’

केही दिनयता बालेनको कदमले चौतर्फी तारिफ बटुलिरहेको बेला बस्नेतले बालेनले गैरकानुनी संरचना भत्काउन डोजर चलाएपछि कानुनको उल्लंघन गर्नेलाई कानुनी कारबाही गराउनु पर्ने र डोजर लगाएर घर भत्काउन नहुने भन्दै बालेनको बिरोध गरिरहेका छन भने सामाजिक सञ्जालमा बस्नेतको अभिव्यक्ति प्रती तिब्र आलोचना बढी रहेको छ । उनले दुईचार जना र ‘भारेभुरे’हरुलाई राजनीतिमा पनि नकआउट हान्दिन सक्छु समेत भनेका थिए । बस्नेतले बालेनले कानुनी कारवाही अगाडि बढाउनुको सट्टा डोजर चलाएर अराजक काम गरेको भन्दै आलोचना भएपछि उनले एक प्रेस विज्ञप्ति नै प्रकाशित गरी यस विषयमा प्रस्टीकरण दिएका छन् ।