Fursad Times शुक्रबार, भाद्र १०, २०७९

भक्तपुर – आफ्ना निजी तस्वीरहरु सामाजिक संजालमा अनुमतिबिना नै सार्वजनिक गरेको भन्दै निहारिका राजपुतले नायिका करिश्मा मानन्धर विरुद्ध साइबर ब्यूरोमा उजुरी दिने भएकी छिन् । निहारिका र उनको बच्चाको अभिभावकत्व ग्रहण गर्छु भनेको केही समय अगाडी करिश्माले निहारिक र उनका पूर्वप्रेमी शिवराज श्रेष्ठका अन्तरंग तस्वीरहरु सामाजिक संजालमा सार्वजनिक गरिदिएकी थिइन् । निहारिक लामो समयदेखि शिवराजले आफूलाई बलात्कार गरेक र सोही बलात्कारको कारण बच्चा जन्मिएको भन्दै न्यायका लागि लडाई लडिरहेकी छिन् । जनकपुर उच्च अदालतले उनको बच्चा र आरोपीको डीएनए टेष्टका लागि आदेश दिइसकेको छ । गत असारमा निहारिक अनसन बस्दा पनि करिश्माले आवाज उठाएकी थिइन् । उनले, निहारिकालाई २० हजार दिएर सहयोग गर्ने समेत बताएकी थिइन् । त्यसपछि निहारिक र करिश्माविच भेटघाट बाक्लै पनि भएको थियो । निहारिकाले करिश्माले दिएको २० हजार रुपैयाँ फिर्ता गर्दै साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेकी हुन् । करिश्माले आफ्नो चरित्रहत्या गर्दै गोपनियता पनि उल्लंघन गरेको निहारिकाको आरोप छ ।