Fursad Times बिहिबार, भाद्र ०९, २०७९

भक्तपुर – काठमाडौं जिल्ला अदालतले महानगरपालिकालाई नक्सा पासको विवरण उपलब्ध गराएको छ । महानगरले अदालतलाई अदालतलाई नक्सा पास भए/नभएको विवरण उपलब्ध गराउन भने पत्र काटेको थियो । सोही अनुसार महानगरका सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतले महानगरलाई नक्सा पासको विवरण बुझाएको बताए । उनका अनुसार महानगरको अभिलेखमा अदालतको नक्सा पासको विवरण थिएन । महानगरले अदालतले उपलब्ध गराएको नक्साको डिजिटल अभिलेख गरेको शाक्यले जानकारी दिए । अदालतको बेसमेन्ट भने पार्किङ प्रयोजनमै भइरहेको उनले बताए । जिल्ला अदालतले भने दुई वर्षदेखि फुटपाथमै एउटा ट्रक र बस पार्किङ गरेर राखेको छ ।