Fursad Times बिहिबार, भाद्र ०९, २०७९

भक्तपुर – काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर रहेको अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । महानगरले निकालेको ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो । २५ दिने सुचना पाए पनि अवैध संरचना नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो । बिहीबार बिहान अल्फाबिटाका प्रतिनिधिले दाबी गरिएको जस्तो वैध संरचना नरहेको पुष्टि गर्ने कागजात बोकेर मेयर बालेन डोजरसहित अल्फाबिटा पुगे । घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेको महानगर टोलीले अवैध संरचना भत्काएको हो । गत सोमबार देखि महानगरले अवैध संरचनाहरु भत्काउने काम गर्दै नयाँ बानेश्वरमा र बुधबार सुन्धरा, न्यूरोडसहितका स्थानमा अवैध संरचना महानगरले भत्काएको थियो ।